birat ribon

कोरोनाका कारण जागिर गुमाएका र बेतलबी बिदामा रहेका पत्रकारलाई वैकल्पिक व्यवस्था गर्न माग

Neuro
कोरोनाका कारण जागिर गुमाएका र बेतलबी बिदामा रहेका पत्रकारलाई वैकल्पिक व्यवस्था गर्न माग

काठमाडाैं, १३ कात्तिक । नेपाल पत्रकार महासंघले कोरोना महामारीका कारण जागिर गुमाएका र बेतलबी बिदामा रहेका श्रमजीवी पत्रकारहरूलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

Padelux insider
cura insider

बिहीबार अर्थमन्त्रालयमा मन्त्री विष्णु पौडेललाई सुझाव पत्र बुझाउँदै महासंघले श्रमजीवि पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्ने सञ्चारमाध्यमलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनसमेत माग गरेको छ ।

सञ्चार गृहहरुलाई पत्रकारको पारिश्रमिक भुक्तानी र सञ्चार माध्यमको सञ्चालनका लागि आवश्यक परेमा सहुलियत पूर्ण ऋण व्यवस्था गर्नुपर्ने र ऐन कार्यान्वनयन नगर्ने सञ्चारगृहलाई सरकारका तर्फबाट उपलब्ध हुँदै आएका सुविधा, सहुलियत र विज्ञापन उपलब्ध नगराउन पनि आग्रह गरेको छ ।

सुझावपत्र बुझ्दै अर्थमन्त्री पौडेलले महासंघले दिएको सबै सुझावहरू उचित रहेकाले कार्यान्वयनका लागि मन्त्रालको टिम र अन्य सरोकारवालाहरुसँग छलफल गर्ने बताए ।

महासंघले दिएका सुझाव सजाउने चिज नभएको उल्लेख गर्दै उनले सबै सुझावहरू एकैपटक लागू गर्नसक्ने अवस्था नभएपनि वर्गीकरण गरी तत्कालीन र दीर्घकालीन रूपमा कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाए ।

महासंघले दुर्घटना बीमालाई थप विस्तार गरी स्वास्थ्यबीमा र जीवनबीमाको व्यवस्था गर्न पनि आग्रह गरेको छ ।

महासंघमा सदस्यता नवीकरण भएसँगै स्वतः विमा हुने व्यवस्था गर्न पनि महासंघले आग्रह गरेको छ ।

यसैगरी सरकारी अस्पताल र स्वास्थ्यसंस्थाबाट उपलब्ध गराइने भनिएको ५० प्रतिशत छुटलगायतका पूर्व निर्णयहरू पनि कार्यान्वयन गर्न महासंघले आग्रह गरेको छ ।

पत्रकार कल्याण कोषबाट यहीँ आर्थिक वर्षदेखि लागू हुनेगरी जेष्ठ पत्रकार जीजिकोपार्जन भत्ता वितरण गर्न पनि महासंघले आग्रह गरेको छ ।

विज्ञापन ऐनमा भएको व्यवस्थाअनुसार तत्काल सबै प्रकारका सञ्चारमाध्यमले पाउनेगरी समानुपातिक विज्ञापन प्रणाली लागू गर्नुपर्ने र स्थानीय विज्ञापनमा स्थानीय सञ्चारमाध्यमलाई प्राथमिकता दिन पनि महासंघले आग्रह गरेको छ ।

jackson ribon