Rumpum Advertisement
Dazzu

राष्फोर्डको ह्याट्रिकमा लेइपिजमाथि युनाइटेडको फराकिलो जित

राष्फोर्डको ह्याट्रिकमा लेइपिजमाथि युनाइटेडको फराकिलो जित

विराटनगर, १३ कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले फराकिलो जित निकालेको छ ।

बुधबार राति भएको समूह चरणको खेलमा युनाइटेडले जर्मन क्लब आरबी लेइपिजमाथि ५–० गोलान्तरको जित निकालेको हो ।

ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जिताउन मार्कुस राष्फोर्डले ह्याट्रिक गर्दा मासुन ग्रिनवुड र एन्थोनी मार्सियलले समान १–१ गोल गरे ।

खेलको २१औं मिनेटमा ग्रीनवुडले गोल गर्दै युनाइटेडलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ७४औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर बनाए ।

त्यसको चार मिनेट नबित्दै राष्फोर्डले दोस्रो गोल गर्दै युनाइटेडको अग्रता तेब्बर बनाउँदा ८७औं मिनेटमा मार्सियलले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ४–० गोलको अग्रता दिलाए ।

खेलको इन्ज्युरी समयमा राष्फोर्डले ह्याट्रिक पूरा गरे र युनाइटेडलाई ५–० गोलको फराकिलो जित दिलाए ।

जितसँगै युनाइटेडले दुई खेलबाट ६ अंक बनाएको छ । यसअघि उसले फ्रेन्च क्लब पीएसजीमाथि जित निकालेको थियो । ऊ समूह ‘एच’को शीर्ष स्थानमा छ ।

लेइपिज भने ३ अंकसहित तेस्रो स्थानमा छ ।