Rumpum Advertisement
Dazzu

सान्चो र हालाण्डको गोलमा डर्टुमण्डको जित

सान्चो र हालाण्डको गोलमा डर्टुमण्डको जित

विराटनगर, १३ कात्तिक । युरोपको सर्वाधिक ठूलो क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसिया डर्टुमण्डले जित निकालेको छ ।

बुधबार राति भएको समूह चरणको खेलमा डर्टुमण्डले रसियन क्लब जेनितमाथि २–० गोलको जित निकालेको हो ।

आफ्नै मैदानमा भएको खेलमा डटुर्मण्डलाई जिताउन जाडोन सान्चो र इयर्लिङ ब्राउल्ट हालाण्डले समान १–१ गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ७८औं मिनेटमा सान्चोले पेनाल्टीमा गोल गर्दै डर्टुमण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

यस्तै हालाण्डले खेलको इन्ज्युरी समयमा गोल गर्दै डर्टुमण्डलाई २–० गोलले जिताए ।

जितसँगै डर्टुमण्डले ३ अंक जोडेको छ । ऊ समूह ‘एफ’को तेस्रो स्थानमा छ ।