विराटनगर, १३ कात्तिक । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ८० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४९ हजार ९१२ कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या ८० लाख नाघेको हो ।
वल्डोमिटरको तथ्याङक अनुसार भारतमा ८० लाख ३८ हजार ७६५ कोरोना संक्रमित छन् । संक्रमित मध्ये एक लाख २० हजारको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ५०९ जनाको मृत्यु भएको हो ।
पछिल्लो २४ घण्टामा अमेरिकामा ८० हजार कोरोना संक्रमित थपिएका छन् । यो सँगै अमेरिकामा संक्रमितको संख्या ९१ लाख १८ हजार ५४७ पुगेको छ । संक्रमित मध्ये २ लाख ३३ हजारको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक हजार जनानको मृत्यु भएको छ ।
वल्डो मिटरको तथ्याङक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ५ लाख २ हजार कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा ७ हजार एकसय जनाको मृत्यु भएको छ ।
यो सँगै संक्रमितको संख्या ४ करोड ४७ लाख ३९ हजार पुगेको छ । ११ लाख ७८ हजार ५२७ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये तीन करोड २७ लाख ८ हजार संक्रमण मुक्त भएका छन् ।