birat ribon

च्याम्पियन्स लिगमा पीएसजीको पहिलो जित

Neuro
च्याम्पियन्स लिगमा पीएसजीको पहिलो जित

विराटनगर, १३ कात्तिक । च्याम्पियन्स लिग फुटबलमा टर्किस क्लब इस्तानबुल बासाकसेरमाथि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जित निकालेको छ ।

Padelux insider
cura insider

समूह चरणको खेलमा पीएसजी टर्किस क्लबलाई २– ० गोल अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा मोइस कोनले ६४ र ७९ औं मिनेटमा गोल गरे । च्याम्पियन्स लिगको समूह चरणको खेलमा पीएसजीको यो पहिलो जित हो ।

समूह ‘एच’ मा रहेको पीएसजी पहिलो खेलमा म्यानचेस्टर युनाईटेडसँग २–१ ले पराजित भएको थियो ।

सोही समूहमा रहेको म्यानचेस्टर युनाईटेडले लाइपजिगमाथि सानदार जित निकालेको छ । पहिलो खेलमा पीएसजीलाई हराएको युनाईटेड लाइपजिग माथि ५–० को जित निकालेको हो ।

jackson ribon