विराटनगर, १३ कात्तिक । युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्टसले खेलिरहेका छन् ।
युभेन्टसको घरेलु मैदानमा भएको खेलको पहिलो हाफमा बार्सिलोनाले १–० गोलको अग्रता बनाएको छ ।
खेलको १४औं मिनेटमा ओस्मान डेम्बेलेले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका हुन् । डेम्बेलेले कप्तान लियोनल मेस्सीकाे पासमा गाेल गर्दै बार्सिलोनालाई पहिलाे हाफभरि अग्रता दिलाए ।

त्यसकाे एक मिनेट नबित्दै अल्भाराे माेराेटाले गोल फर्काएका थिए । तर, रेफ्रीले ह्यान्डबल र अफसाइड भएका कारण भीएआरकाे सहायतामा साे गोल दिएनन् ।
खेलकाे ३०औं मिनेटमा मोरोटाले पुनः गोल गरेपनि अफसाइड भएका कारण सो गोल स्वीकृत भएन ।
यस खेलमा बार्सिलोना र युभेन्टस दवै टोली दोस्रो जितको खोजीमा छन् ।