birat ribon

पीङ खेल्ने बहानामा कुटपिट पछि हत्या

Neuro
पीङ खेल्ने बहानामा कुटपिट पछि हत्या

स्याङजा, १२ कात्तिक। पीङ खेल्ने बहानामा स्याङजा पुतलीबजार नगरपालिका–६ पुरीस्वारा बस्ने २९ वर्षीय सूर्यबहादुर गुरुङको कुटपिट गरी हत्या गरेको आरोपमा दुइजना पक्राउ परेका छन् ।

Padelux insider
cura insider

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३४ वर्षीय टाउके भन्ने ईन्द्रजित गुरुङ र ३४ वर्षीय गिरबहादुर गुरुङ छन् ।

सोमबार राति पुतलीबजार नगरपालिका–६ टक्सार कोल्डाँडा पहिरोस्थित मादक पदार्थ सेवन गरी पीङ खेल्ने क्रममा झगडा हुँदा सूर्यबहादुर गम्भीर घाइते भएकाे प्रहरीले बताएकाे छ ।

जिल्ला अस्पताल हुँदै थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरामा मंगलबार राति मृत्यु भएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले संलग्नहरुलाई पक्राउ गरेको हो ।

jackson ribon