विराटनगर, १२ कात्तिक । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलमा टर्किस क्लब इस्तानबुल बासाकसेरसँग खेल्दैछ ।
समूह चरणको खेलमा पीएसजी टर्किस क्लबसँग पहिलो जितको खोजीमा छ । पीएसजी र इस्तानबुलबीचको खेल राति ११ः४० बजे सुरु हुनेछ ।
समूह ‘एच’ मा रहेको पीएसजी पहिलो खेलमा म्यानचेस्टर युनाईटेडसँग २–१ ले पराजित भएको थियो ।
सोहीसमुहमा रहेको म्यानचेस्टर युनाईटेडले लाइपजिगसँग प्रतिस्पर्धा गर्दैछ ।
पहिलो खेलमा पीएसजीलाई हराएको युनाईटेड लगातार दोस्रो जितको खोजीमा हुनेछ ।