विराटनगर, १२ कात्तिक । च्याम्पियन्स लिग अन्तरगत बुधबार राति युभेन्ट्सले बार्सिलोनाकाे सामना गर्दैछ ।
समुह चरणको खेलका लियोनल मेस्सीको कप्तानीमा बार्सिलोना युभेन्टसको घरेलु मैदानमा उत्रदैछ । तर युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई दर्शकले मैदानमा देख्न पाउने छैनन् । कोरोना संक्रमणका कारण रोनाल्डो मैदान बाहिर रहनेछन् ।
दुई साता अघि रोनाल्डोलाई कोरोना संक्रमण देखिएको थियो । जसका कारण उनले ३ खेल गुमाइसकेका छन् ।
रोनाल्डो बिना युभेन्टसको प्रदर्शन कमजोर देखिदै आएको छ । युभेन्टसले तीन खेलमा एकमा जीत र दुई खेलमा बराबरी गरेको थियो ।
रोनाल्डो बिना नै बार्सिलोना विरुद्ध मैदान उत्रने युभेन्टस जितको खोजीमा हुनेछ । पछिल्लो समय लय गुमाएको बार्सिलोना युभेन्टसमाथि जित अंक बटुल्न चाहान्छ ।