Rumpum Advertisement
Dazzu

एकलाख ६२ हजार नाघे संक्रमित,८८७ जनाको मृत्यु

एकलाख ६२ हजार नाघे संक्रमित,८८७ जनाको मृत्यु

विराटनगर, १२ कात्तिक । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १९५४ जनामा कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १ लाख ६२ हजार पुगेको हो ।

देशभरका प्रयोगशालामा ८२४८ नमुना परीक्षण गर्दा ७५८ महिला र ११९६ पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये ८८७ जनाको मृत्यु भएको छ । १ लाख २१ हजार ८२४ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २९८१ जना संक्रमणमुक्त भएका हुन् ।

संक्रिय संक्रमितमध्ये ३१ हजार ९३४ होम र ७ हजार ७०९ संस्थागत आइसोलेसनमा छन् ।उनीहरुमध्ये २९० जनाको आईसीयू र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।