Rumpum Advertisement
Dazzu

दशैंमा टीका लगाउन गएकी महिलाको सवारी दुर्घटनामा मृत्यु

दशैंमा टीका लगाउन गएकी महिलाको सवारी दुर्घटनामा मृत्यु

विराटनगर, १२ कात्तिक । मोरङको उर्लावारीमा सवारी दुर्घटनामा परी एकजना महिलाको मृत्यु भएको छ ।

दशैंमा टीका लगाउन गएकी कानेपोखरी गाउँपालिका– २ की ४५ बर्षीया भिमकुमारी पुरीको मृत्यु भएको हो ।

उर्लाबारी– ४ आईतवारेमा पैदलयात्रा गर्दै गर्दा उनलाई मोटरसाईकलले ठक्कर दिएको थियो ।

मंगलवार अपरान्ह पौने ५ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २६ प ९२६१ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा घाईते भएकी पुरीलाई उपचारको लागी अरनिको अस्पताल उर्लावारी पठाईएकोमा उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जानकारी दिएको छ ।