विराटनगर, १२ कात्तिक । स्पेनिस क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बारटोमेउसले राजिनामा दिएका छन् ।
२० हजार समर्थकले राजिनामा माग गरेपछि मंगलबार आफ्नो पदबाट राजीनामा दिएका हुन ।उनीसँगै बार्सिलोनाको बोर्डका सबै सदस्यले पनि राजीनामा दिएका छन् ।
लियोनल मेसीको अर्को क्लब जाने माग र बायर्न म्युनिकसँगको ८–२ हारपछि उनी माथि राजिनामाको माग उठेको थियो । उनी सन् २०१४ मा अध्यक्ष बनेका थिए ।