birat ribon

भारतमा एकै दिन थपिए ४२ हजार संक्रमित, मृतककाे संख्या एकलाख २० हजार नाघ्याे

Neuro
भारतमा एकै दिन थपिए ४२ हजार संक्रमित, मृतककाे संख्या एकलाख २० हजार नाघ्याे

विराटनगर, १२ कात्तिक । कोरोना महामारी फैलिएको भारतमा एकै दिन ४२ हजार संक्रमित थपिएका हुन ।

Padelux insider
cura insider

पछिल्लो २४ घण्टामा ४२ हजार ९६५ संक्रमित थपिएसँगै भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख ८८ हजार पुगेको छ ।

भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख २० हजार ५४ पुगेको छ । कोरोना प्रभावित देशको सूचीको दोस्रो स्थानमा रहेको भारतमा पछिल्लो २४ घण्टामा ५१९ जनाको मृत्यु भएको थियो ।

वल्डोमिटरको तथ्याङक अनुसार अमेरिकामा एकै दिन ७५ हजार कोरोना संक्रमित छन् । यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ९० लाख ३८ हजार पुगेको छ ।

अमेरिकामा मृतकको संख्या २ लाख ३२ हजार ८४ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ३९ जना संक्रमितको मृत्यु भएको छ ।

कोरोना प्रभावित देशको सूचीको तेस्रो स्थानमा रहेको ब्राजिलमा २९ हजार, रसियामा १६ हजार र फ्रान्समा ३३ हजार कोरोना संक्रमित थपिएका छन् ।

वल्डो मिटरको तथ्याङक अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ४ लाख ५९ हजार कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा ७ हजार जनाको मृत्यु भएको छ ।

विश्वमा कोरोना संक्रमितको संख्या चार करोड, ४२ लाख ३४ हजार पुगेकाे छ । जस मध्ये ११ लाख ७१ हजार २७१ जनाको मृत्यु भएको छ । संक्रमित मध्ये ३ करोड २४ लाख ४२ हजार संक्रमण मुक्त भएका छन् । एक करोड ६ हजार सक्रिय संक्रमित छन् ।

jackson ribon