birat ribon

संक्रमितको उपचारमा प्रभावकारी देखिएन रेम्डीसिभिर

Neuro
संक्रमितको उपचारमा प्रभावकारी देखिएन रेम्डीसिभिर

Padelux insider
cura insider

विराटनगर, ११ कात्तिक । कोरोना संक्रमितको उपचारमा प्रयोग हुँदै आएको रेम्डीसिभिर प्रभावकारी नभएको पाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अनुसार रेम्डीसिभिर प्रभावकारी नभएको बताएको हो ।

संगठनले प्रभावकारिता बारे गरिएको क्लिनिकल परीक्षणमा रेम्डीसिभिर प्रयोग गरिएका बिरामीको स्वास्थ्यमा खासै कुनै सुधार नदेखिएको बताइएको छ ।

परीक्षणमा अस्पतालमा भर्ना भएका ११ हजार बिरामीमा रेम्डेसिभिर र अन्य तीन औषधीको प्रयोग गरिएको थियो ।

कुनै पनि औषधीले बिरामीको जीवित रहने सम्भावना, भेन्टिलेटर आवश्यक पर्ने नपर्ने तथा अस्पतालमा बस्नुपर्ने समयमा खासै प्रभाव पारेको देखिएन । तर, रेम्डेसिभिरको निर्माता कम्पनी गिलियड साइन्सेसले उक्त परीक्षण नमिलेको प्रतिक्रिया जनाएको छ ।

अमेरिकी अध्ययनले इबोलाको उपचारको लागि विकास गरिएको रेम्डेसिभिरले कोरोना भाइरसको संक्रमणबाट निको पार्ने क्षमता भएको बताएपछि विश्वभरि कोभिडको उपचारमा रेम्डेसिभिरको प्रयोग हुदै आएको छ । रेम्डेसिभिर प्रयोग गर्दा बिरामीमा भाइरसको संक्रमण भएपछि विकसित लक्षण हराउने समय १५ दिनबाट ११ दिनमा झरेको देखिएको दाबी गरिएको थियो ।

jackson ribon