birat ribon

कक्षा १२ को परीक्षा केन्द्रमा हेल्थ डेस्क अनिवार्य

Neuro
कक्षा १२ को परीक्षा केन्द्रमा हेल्थ डेस्क अनिवार्य

काठमाडौं, ११ कात्तिक । मंसिर ९ गतेबाट सञ्चालन हुने कक्षा १२ को परीक्षा केन्द्रमा अनिवार्य रुपमा ‘हेल्थ डेस्क’ स्थापना गर्नुपर्ने भएको छ ।

Padelux insider
cura insider

परीक्षार्थीलाई कोभिड–१९ बाट जोगाउन प्रत्येक केन्द्रमा हेल्थ डेस्क अनिवार्य गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाको मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण सम्बन्धी कार्यविधि, २०७७ अनुसार प्रत्येक विद्यालयले स्थानीय तह र स्वास्थ्य संघ-संस्थासँग समन्वय गरेर हेल्थ डेस्कको व्यवस्था गर्नु पर्नेछ । यो पटक कोरोना महामारीका कारण होम सेन्टरमा परीक्षा सञ्चालन गर्न लागिएको हो ।

निर्देशिका अनुसार परीक्षार्थीहरू बीचको दुरी कम्तिमा दुई–दुई मिटर कायम गर्नुपर्नेछ । एउटा कक्षामा २० जना विद्यार्थी मात्र राख्न पाइनेछ ।

बोर्डले कुल पुर्णाङ्कको ४० प्रतिशतको परीक्षा सञ्चालन गर्न लागेको हो ।

jackson ribon