birat ribon

५७० संक्रमित थपिए, ३१६८ संक्रमण मुक्त

Neuro
५७० संक्रमित थपिए, ३१६८ संक्रमण मुक्त

विराटनगर, ११ कात्तिक । नेपालमा ५७० जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा २ हजार ७ सय २५ पीसीआर परीक्षण गर्दा ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Padelux insider
cura insider

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६० हजार ४ सय पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार १ सय ६८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख १८ हजार ८ सय ४३ जना पुगेको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको छ ।

jackson ribon