birat ribon

दाँत दुख्ने समस्या सामधान गर्न घरमै छ औषधि

Neuro
दाँत दुख्ने समस्या सामधान गर्न घरमै छ औषधि

विराटनगर, ११ कात्तिक । दाँत दुख्ने समस्या सामधानका लागि घरमै औषधि व्यवस्था गर्न सकिन्छ ।

Padelux insider
cura insider

दाँत दुख्ने समस्या जहिले पनि संकेत देखाएर आउँदैन र कहिलेकाँही यसले निकै पिडा दिनसक्छ । दुखाई समाधान गर्न केहि घरेलु उपचार प्रभावकारी हुनसक्छ ।

दाँतको दुखाइको लागि पहिलो उपचार भनेको नुनिलो पानीले कुल्ला गर्नु हो । नुन पानी एक प्राकृतिक कीटाणुनाशक हो । एक गिलास तातो पानीमा १–२ चम्मच नुन हालेर माउथवाशको रूपमा प्रयोग गर्नुपर्छ ।

यसले खानाको कण र दाँतमा टासिएका फोहरलाई हटाउन सहयोग गर्न सक्छ । नुनिलो पानीले कुल्ला गर्दा सुन्निएको ठाउँ, गीँजा तथा कुनै पनि मौखिक घाउलाई निको पार्न मद्दत गर्छ ।

त्यस्तै, पानीमा हाइड्रोजन पेरोक्साइड मिसाएर कुल्ला गर्नाले पनि दुखाइ र पोल्ने समस्यालाई हटाउन सक्छ । यसले ब्याक्टेरियालाई मार्नुका साथै, प्लेग कम गरी र गीजाबाट रगत आउने समस्यालाई पनि निको पार्छ ।

हाइड्रोजन पेरोक्साइडको मिश्रणलाई पातलो बनाउनुपर्छ । ३ प्रतिशत हाइड्रोजन पेरोक्साइड र पानीको बराबर भाग लिएर यसलाई माउथवाशको रूपमा प्रयोग गर्नुपर्छ । यसलाई निल्न भने हुँदैन । पुदिनाले पीडा र संवेदनशील गिजालाई शान्त गर्न मद्दत गर्छ । प्रयोग गरिएको पुदिनाको टि ब्यागलाई चिसो हुन दिएर प्रभावित क्षेत्रमा लगाउनुपर्छ ।

लसुन वर्षौदेखि विभिन्न समस्याको लागि घरेलु उपचारको रूपमा प्रयोग हुदै आएको छ । लसुनले दाँतमा हुने हानिकारक ब्याक्टेरियालाई मारेर दुखाईमा राहत पनि दिन सक्छ । लसुनलाई पिसेर दुखाई भएको ठाउमा लगाउनुपर्छ ।

ल्वागँ युगदेखि दाँतको दुखाइको उपचारका लागी प्रयोग हुँदै आएको छ । ल्वागँको तेलले प्रभावकारी रूपमा दुखाइमा राहत प्रदान गरी सुन्निने समस्यालाई कम गर्न सक्छ । ल्वागँको तेलमा इउजेनल हुन्छ, जुन एक प्राकृतिक एन्टिसेप्टिक हो ।

कपासमा ल्वागँको तेको केही थोपा राखी प्रभावित ठाउँमा लगाउनु पर्छ । साथै, ल्वागँ चपाउँदा मात्र पनि दुखाइ धेरै कम हुदै जान्छ ।

jackson ribon