birat ribon

सेलिब्रेटीले यसरी मनाए दसैं

Neuro
सेलिब्रेटीले यसरी मनाए दसैं

विराटनगर, १० कात्तिक । वडा दसैंको मुख्य दिन आज मान्यजनको हातबाट टीका जमरा ग्रहण गरी मनाएको छ ।

Padelux insider
cura insider

मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइएको हो ।

यस्तैमा चर्चित सेलिब्रेटीहरूले पनि आफ्ना मान्यजनको हातबाट टीका र जमरा लगाएर दसैं मनाएका छन् ।

हाँस्य कलाकार हरिवंश आचार्य, नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, लेखक बुद्धिसागर, अभिनेता आकाश श्रेष्ठ, अभिनेत्रीहरू रेखा थापा, वर्षा शिवाकोटी, सृष्टि श्रेष्ठ, नीति शाह, प्रकृति श्रेष्ठलगायतले टीका लगाएर दसैं मनाएका हुन् ।

यसैगरी अभिनेता नाजिर हुसेन, झरना थापा, सुनिल थापा, पूजा शर्माले पनि टीका-जमरा लगाएर दसैं मनाएका छन् ।

jackson ribon