विराटनगर, १० कात्तिक । कोरोना महामारीमा सतर्कता अपनाएर दशैं मनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आग्रह गरेका छन् ।
विजया दशमीका अवसरमा आज शुभकामना सन्देश दिँदै देउवाले सतर्कता अपनाउन आग्रह गरेका हुन ।
देउवाले पर्व मनाउँदा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुरोध गरेका छन् ।
कोभिड–१९ को संक्रमणप्रति सचेतता अपनाई मठमन्दिर जाँदा मास्क अनिवार्य लगाउन र भौतिक दूरी कायम राख्न पनि सुझाव दिएका छन् ।