विराटनगर, १० कात्तिक । जो जहाँ छ त्यहीँ बसेर दशैं मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गरेका छन् ।
बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सतर्क रहेर दशैं मनाउन आग्रह गरेका हुन ।
चाडबाडका नाममा हुने गरेका केही नकारात्मक पक्ष तथा औचित्य र आवश्यकताको वास्तै नगरी आफ्नो सामर्थ्यको समेत ख्याल नगरी आँखा चिम्लिएर उत्सव मनाउने र फजूल खर्च नगर्न आग्रह गरे ।
कोरोना महामारीको यस विषम परिस्थितिमा यस महान् चाडलाई विगतभन्दा फरक ढंगले मनाउनु परेको जनाउँदै प्रधानमन्त्रीले आफ्ना मान्यजनसँग टीका, जमरा ग्रहण गर्ने क्रममा अनावश्यक नजिकिँदा हुन सक्ने सम्भावित सङ्क्रमणको खतरा ख्याल गर्न आग्रह गरेका छन् ।