birat ribon

दशैंमा मान्यजनबाट टीका ग्रहण गर्दा कता फर्कने ?

Neuro
दशैंमा मान्यजनबाट टीका ग्रहण गर्दा कता फर्कने ?

विराटनगर, १० कात्तिक । विजयादशमीको मुख्य दिन आज आफन्त र मान्यजनबाट टीका ग्रहण गरी मनाइदैछ ।

Padelux insider
cura insider

नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे र टीकाप्रसाद ग्रहण गर्ने उत्तम साइत १०ः१९ बजे रहेको छ ।

शास्त्रीय मान्यता अनुसार टीका लगाउँदा चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुन्छ ।

विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ र टीका लगाइदिने व्यक्ति पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । यसरी टीका ग्रहण गर्दा शुभ हुने विश्वास छ । दशमीदेखि काेजाग्रत पूर्णिमासम्म टीका लगाउने प्रचलन छ ।

दशैंमा घर भित्रका आफन्त र मान्यजनबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद आशीर्वाद लिइन्छ ।

jackson ribon