birat ribon

विजयादशमीको मुख्य दिन आज, मान्यजनबाट टीका ग्रहण गरिदै

Neuro
विजयादशमीको मुख्य दिन आज, मान्यजनबाट टीका ग्रहण गरिदै

विराटनगर, १० कात्तिक । वडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट टीका जमरा ग्रहण गरी मनाइदैछ ।

Padelux insider
cura insider

मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर मनाइन्छ ।

नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार आज देवी विसर्जनको साइत बिहान १०ः११ बजे र टीकाप्रसाद ग्रहण गर्ने उत्तम साइत १०ः१९ बजे रहेको छ ।

विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने उनले बताए ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट जल अभिषेक गरी विजयादशमीको टीका लगाउने गरिन्छ । आजदेखि कोजाग्रत पूर्णिमासम्म आफन्त तथा मान्यजनको हातबाट टीका थप्ने चलन छ ।

jackson ribon