Rumpum Advertisement
Dazzu

दसैँ आशिष

दसैँ आशिष

नरनाथ अधिकारी

निश्चल भइकन लक्ष्मीले घरमा बास गर्दिउन् हर्दम ।
मुखमा बास गरुन् सरस्वती सधैँ शान्ति गराउन् मन ।

सारा इष्ट र मित्रहरू जति हुन् ती दाइना भइदिउन्,
शान्ति भइदिउन् नवै ग्रहहरू व्यधि सबै नास हुन् ।

हिँड्दा ठेस कहिल्यै पनि चरणमा बन्दै नलाग्ने होस्,
सिदा छोइदिँदा त द्रव्य होओस् माटो छुँदा अन्न होस् ।

सुनचाँदी रुपियाँ त बाकसभरि आँटी न आँटी होउन्,
जति खर्च गरे पनि नसकिउन् बाकसभरि भइरहुन् ।