Rumpum Advertisement
Dazzu

भारतीय मिडिया लेख्छ : गोयलको भ्रमण नेकपाभित्रको अन्तरविरोध मिलाउनलाई हो

भारतीय मिडिया लेख्छ : गोयलको भ्रमण नेकपाभित्रको अन्तरविरोध मिलाउनलाई हो

विराटनगर, ९ कात्तिक । प्रधानमन्त्रि केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएपश्चा त्यसले नेपालमा ठूलो चर्चाको विषय बनेको छ ।

भारतीय पक्षवाट एक वर्षअगाडि नेपाली भूमी लिम्पियाधुरा, कालापानी र लिपुलेक समट्दै एकतर्फी नक्सा जारी गरे दुई देशको सम्बन्धमा असर परेको थियो । एकतर्फी नक्सा गरिसकेपश्चात पराराष्ट्र मन्त्रालयमार्फत् कुटनीतिबाट सीमासम्बन्धी छलफल गर्नका लागि पत्रचारसमेत गरेको अवस्थमा भारतले नेपालसँग छलफल नगरी उक्त क्षेत्रमा सडक उद्घाटन गर्‍यो ।

नेपालभित्रै यसको विरुद्ध चर्को आलोचना र जनदवाब सिर्जना गरिएपश्चात नेपालले समेत अभूतपूर्व एकता साथ जेठ ३१ गते संसदले संविधान विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मतले पारित गर्‍यो । यसरी नक्सा पारित भएपश्चात नेपाल र भारतबीच संवादहीन अवस्था रहेको थियो ।

नेपालले धेरै पटक वार्ताका लागि कुटनीतिक प्रयास गर्दा पनि कुनै प्रगति हुन नसकेको अवस्थामा एकाएक भारतीय प्रधानसेनापति नोभेम्बरमा नेपाल आउने कुरा चलिरहेको बेलामा गोयलको नेपाल भ्रमणले सबैमा प्रश्न उब्जाएको छ ।

रअका प्रमुख गोयल नेपाल आएको विषयमा सरुमा अन्यौलता रहेता पनि प्रधानमन्त्रिको प्रेस सल्लाहकार सूर्यबहादुर थापाले बिहीबार वक्तव्य नै जारी गरेर प्रधानमन्त्रिसँग भेट भएको स्वीकार गरेका हुन् । नेपाली मिडियामा उक्त भ्रमणबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ ।

परराष्ट्र मन्त्रालयलाई ‘बाइपास’ गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी ‘रअ’का प्रमुखलाई भेट्नु कुटनीतिक मर्यादा र प्रोटोकलविपरित भएको परराष्ट्रविदहरुले बताएका छन् । यद्दपि कुनै विशेष परिस्थितिमा यस प्रकारको भेट गर्नसक्ने कतिपय विश्लेषकहरुको भनाइ छ ।

पार्टीभित्र देखिएको अन्तरविरोध र भारतसँग बिग्रिएको सम्बन्धलाई सुधार गर्न गोयललाई बोलाएको हुनसक्ने कुटनीतिक मामिलाका विश्लेषकहरुले बताएका छन् । तर विभिन्न विश्लेषण र अनुमानको बीचमा प्रधानमन्त्रिका प्रेस सल्लाहकारले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खल्बलिन नदिने, समस्याहरुको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तरता दिने विषयमा यो भेटघाट भएको जानकारी दिएका छन् ।

यी सबै टिकाटिप्पणीको बीचमा केही भारतीय पत्रपत्रिकाहरुले यस भ्रमणबारेमा लेख्न भ्याएका छन् । इन्डिया टाइम्सको अनुसार भारतले समेत यस भ्रमणको बारेमा न केही पुष्टि गरेको छ न त अस्वीकार नै गरेको छ ।

भारतीय पत्रिका द प्रिन्टका अनुसार नेपाल कम्युनिष्ट पार्टीभित्र अन्तरविरोध बढ्दै गएका कारण ‘रअ’ प्रमुख नेपाल भ्रमणमा गएकाबारे लेखेको छ । द प्रिन्टका अनुसार केही घण्टाका लागि गरिने यस भ्रमणमा नेपालका प्रधानमन्त्रि केपी ओली साथै अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेटी पार्टीभित्रको विवाद मिलाउनेबारे लेखेको छ ।

द प्रिन्टको समाचारअनुसार पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको गुटले प्रधानमन्त्रि ओलीको राजीनामा मागेका छन् । तर पुष्पकमल दाहालले गोयलसँग कुनै प्रकारको भेट नभएको जानकारी दिइसकेका छन् ।

गोएल भ्रमणसँगै जोडेर लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटी नेपालले जारी गरेको नक्साबारेमा पनि लेखेको छ । सो क्षेत्रमा ३३५ स्क्वायर किलोमिटर भूमिभारततर्फ रहेको छ जसलाई नेपालले आफ्नो भएको दावी गरेका कारण नेपाल र भारतबीच सम्बन्ध बिग्रिएको भनी बताएको छ । भारतले काठमाण्डौमा र बेइजिङको बीचमा बढिरहेको सामिप्यताबारे नजिकवाट नियालेको र आगामी दिनमा नेपाल र भारतबीचको सम्बन्धलाई सदृढ बनाउन यस भ्रमणले सहायता गर्नेबारे उल्लेख गरेको छ ।