Rumpum Advertisement
Dazzu

रियलले बार्सिलोनालाई हराउँदा रोनाल्डो खुसी

रियलले बार्सिलोनालाई हराउँदा रोनाल्डो खुसी

विराटनगर,९ कात्तिक । स्पेनिस ला लिगामा बार्सिलोनालाई रियल मड्रिडले पराजित गर्दा युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले खुसी मनाएका छन् । सामाजिक संजालमार्फत जितको खुसी मनाएका हुन ।

स्पेनिस ला लिगा अन्तर्गत शनिबारको खेलमा रियल म्याड्रिडले बार्सिलोनाको मैदानमा ३– १ को जित निकालेको थियो ।

रियलको जितमा फेडे भालभेर्डे, सर्जियो रामोस र लुका मोड्रीचले १–१ गोल गरेका थिए । बार्सिलोनाका लागि अन्सु फातीले गोल गरे । जितसँगै रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

आफ्नो पूर्व क्लब रियलको जितमा रोनाल्डोले सीiiii’ लेख्दै खुसी मनाएका हुन । रोनाल्डो रियल म्याड्रिडमा रहँदा नै आफ्नो गोलको सेलेब्रेसन गर्ने क्रममा यसो गर्दथे ।