Rumpum Advertisement
Dazzu

भारतले एकलौटी रुपमा खोल्यो जोगवनी नाका

भारतले एकलौटी रुपमा खोल्यो जोगवनी नाका

विराटनगर, ९ कात्तिक । भारतीय पक्षले एकलौटी रुपमा सीमावर्ती जोगवनी नाका खुला गरेको छ ।

११ चैतबाट बन्द भएको सीमावर्ती नाका भारतले एकलौटी शनिबारबाट खुला गरेको हो । भारतले नाका खुला गरेपनि नेपाल तर्फको नाका भने शिल छ ।

भारतको गृह मन्त्रालयले अन्तराष्ट्रिय सीमानाका खुला गर्न औपचारिक रुपमा निर्देशन दिएपछि शनिबार खुला गरेको बताइएकाे छ । भारतले एकलौटी रुपमा नाका खोलेपछि नेपालतर्फ आउनेहरुको भिडलाई रोक्न सीमामा खटिएका सुरक्षाकर्मीलाई कठिन हुन थालेको छ ।

भारतले सीमा नाका खुला गरेपनि नेपालतर्फ भने कार्तिक ३० गते सम्म बन्द रहने मन्त्री परिषदको निर्णय छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सरकारले नै नाका नखोल्ने भनेपछि एकतर्फी भारतले खुलाएपनि नेपाल तर्फको लगाइएको शिल यथावत रहेको बताए ।