Rumpum Advertisement
Dazzu

बार्सिलोनालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

बार्सिलोनालाई हराउँदै रियल मड्रिड शीर्ष स्थानमा

विराटनगर, ८ कात्तिक । स्पेनिस ला लिगामा साविक विजेता रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ ।

शनिबार भएको सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनालाई ३–१ गोलले हराउँदै रियल शीर्ष स्थानमा उक्लिएको हो ।

बार्सिलोनाको मैदान क्याप नोउमा भएको खेलमा रियललाई जिताउन फेडेरिको भाल्भेर्डे, कप्तान सर्जियो रामोस र लुका मोड्रिकले समान १–१ गोल गरे । घरेलु टोलीका अन्सु फातीले एक गोल फर्काए ।

रियलले खेलमा सुरुआती अग्रता बनाएको थियो । खेलको पाँचौं मिनेटमा फेडेरिको भाल्भेर्डेले गोल गर्दै पाहुना टोलीलाई सुरुआती अग्रता दिलाए । उनले करिम बेन्जेमाको गोलमा गोल गरेका थिए ।

खेलको आठौं मिनेटमा जोर्डी अल्बाको असिस्टमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई बराबरीमा फर्काए ।

खेलको ६३औं मिनेटमा रामोसले पेनाल्टीमा गोल गर्दै रियललाई २–१ गोलको अग्रता दिलाए । खेलको ८९औं मिनेटमा लुका मोड्रिकले रोड्रिगोको पासमा गोल गर्दै रियललाई ३–१ गोलको जित दिलाए ।

रोड्रिगो र मोड्रिक दुवै वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका थिए ।

जितसँगै रियलले ६ खेलबाट १३ अंक जोड्दै शीर्ष स्थान बनायो । बार्सिलोनाले भने ५ खेलबाट ७ अंक जोड्दै दसौं स्थानमा छ ।