विराटनगर,८ कात्तिक । नेपालमा कोरोना संक्रमितको संख्या एकलाख ५५ हजार २ सय ३३ पुगेको छ ।
शनिबार थप दुईहजार २२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एकलाख ५५ हजार २ सय ३३ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ८४६ जनाको पीसीआर परीक्षण गर्दा २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार कोरोना संक्रमण निको हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ पुगेको छ । पछिल्लो २४ घण्टामा २८४६ जना संक्रमण मुक्त भएका छन् ।
काठमाडौं जिल्लामा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ गरी शनिबार काठमाडौं उपत्यकामा १११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।