birat ribon

काठमाडौं आलुखेती

Neuro
काठमाडौं आलुखेती

काठमाडाैं, ७ कात्तिक । काठमाडौंको उत्तरपूर्वी क्षेत्र हिउँदे आलुको लागि प्रख्यात छ । किसानहरूले यो वर्षको आलु रोपेर हरियो भइसकेको छ ।

Padelux insider
cura insider

काठमाडौंको शहरी क्षेत्र कोरोना संक्रमणको जोखिमसँग जुधिरहेको समयमा काठमाडौंको साँखु क्षेत्रका जनता भने हिउँदे आलुको गोडमेलमा व्यस्त देखिएका छन् ।

बाहिरी मान्छे कमै पुग्ने अनि संक्रमणको जोखिम पनि कम भएकोले किसानहरू निस्फिक्री खेतमा काम गरिरहेका छन् ।

काठमाडौंको साँखु क्षेत्रको आलुको बजार हिस्सा ठूलो नभएपनि वषौंदेखि व्यवसायिक खेती नै हुँदै एको छ । उपभोक्ताले धेरै रुचाउने र बजारको समस्या नभएको कारण किसानहरूले आलु खेती गर्दै आएको बताएका छन् ।

बढ्दो शहरीकरणको असर साँखु क्षेत्रमा पनि परेको छ । खेतीयोग्य जमिन प्लटिङ गरी घडेरीमा परिणत हुन थालेपछि किसान चिन्तित बनेका छन् ।

सरकारले ल्याएको भू–उपयोग नीतिले यस्ता खेतीयोग्य जमिनको खण्डीकरण रोक्न सके साँखु क्षेत्रको मौलिक कृषि प्रणाली जोखिने छ ।

jackson ribon