birat ribon

बिरामीको लागि च्याउको सब्जी बनाउने सजिलो विधि

Neuro
बिरामीको लागि च्याउको सब्जी बनाउने सजिलो विधि

विराटनगर, ७ कात्तिक । च्याउको सेवनले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।

Padelux insider
cura insider

हालको समयमा संक्रमण बढिरहेको र मौसमका कारण लाग्ने रोगसँग लड्नका लागि च्याउले प्रतिरोघत्मक क्षमता बढाउन सक्छ ।

प्रशस्त मात्रामा पौष्टिक तत्व तथा भिटामिन डी पाइने हुँदा च्याउ बिरामीले समेत सेवन गर्न हुन्छ ।

आफ्नै भान्सामा सजिलो र छिटो तरिकाले च्याउको तरकारी बनाउनुहोस् ।

चाहिने सामग्री : काटेर राखेको च्याउ, प्याज, टमाटरको पेस्ट, जीरा, बेसर, मसला, हरियो धनियाँ, नुन स्वादअनुसार, तेल, लसुन अदुवाको पेस्ट ।

बनाउने विधि : सुरुमा काटेको च्याउलाई हल्का तातो पानीमा सफा गर्नु पर्छ । त्यसपछि, एउटा कुकरमा थोरै तेल तताउने, तताएको तेलमा जीरा पड्काएर प्याजलाई फ्राई गर्नु पर्छ ।

त्यसमा च्याउ, बेसर, र नुन हालेर २ देखि ५ मिनेटसम्म फ्राई गर्नु पर्छ । त्यसपछि, पिसेर राखेको टमाटरको पेस्ट, लसुन अधुवाको पेस्ट र थोरै मसला राखेर मज्जाले भुट्नु पर्छ ।

२ मिनेट जति मज्जाले भुटेपछि अलिकति पानी राखेर ३ देखि ४ सिट्टी दिनुपर्छ वा धेरै पानी राखेर सुप बनाएत पनि सेवन गर्न पनि सकिन्छ ।

बिरामीको लागि बनाएको हुँदा तेल, मसला कम राख्नुका साथै खुर्सानीको पनि प्रयोग गरिएको छैन । तर, थप स्वादका लागि मसला र खुर्सानीको प्रयोग गरी पानी कम हालेर मज्जाले भुट्दा मात्र पनि हुन्छ ।

jackson ribon