विराटनगर, ७ कात्तिक । दसैंको फूलपातिको दिनको अवसर पारेर फिल्म ‘चिलगाडी’को घोषणा भएको छ । नाजिर हुसेनको अभिनय रहने फिल्म ‘चिलगाडी’को शुक्रबार घोषणा गरिएको हो ।
निर्देशक समाजका महासचिव समेत रहेका जनकदिप पराजुलीले फिल्म निर्देशन गर्नेछन् । युवा पुस्ता केन्द्रित फिल्मको पटकथा तथा संवाद यम थापाले लेखेका हुन् ।
सेलिब्रेटी नेपालको ब्यानरमा बन्ने ‘चिलगाडी’लाई सागर प्रधानले खिच्नेछन् । फिल्ममा हुसेन अनुबन्धित भएपनि अभिनेत्री भने चुनिएकी छैनन् । यस्तै अन्य कलाकार दसैंपछि तय गरिने निर्माणपक्षले बताएको छ ।
छायाँकनका लागि फागुनदेखि फ्लोरमा निस्कने फिल्म अर्को वर्षको दसैंमा सार्वजनिक हुने लक्ष्य राखिएको छ । सो फिल्म रघुनाथ सापकोटाको निर्माणमा बन्न लागेको हो ।