birat ribon

मुटु रोगीले दसैंमा के खाने के नखाने ?

Neuro
मुटु रोगीले दसैंमा के खाने के नखाने ?

विराटनगर, ७ कात्तिक । कोभिड संक्रमणको जोखिम बढ्दै गएसँगै नेपालीहरूको महान चाड दसैँ सुरु भइसकेको छ ।

Padelux insider
cura insider

दसैंमा प्रायःको घरमा मासुका विभिन्न परिकार पाक्छन् । दसैँको समयमा बजारमा पाइने अस्वस्थकर मासु, चिल्लो खाना र अत्याधिक खाँदा तत्कालै उल्टी हुने, फुड पोइजनिङ, झाडापखला, आउँ, पेट फुल्नेलगायतका समस्यासमेत देखिन सक्छ ।

अझ रोग लागेकाले खानेकुरामा लापरवाही गरेमा रोग बल्झिने समस्या बढेर जान्छ । नेपालीको भान्सामा पाक्ने खानेकुरा चाडबाडमा मात्र नभई अन्य सामान्य समयमा पनि मुटुका लागि उपयुक्त हुँदैन ।

अझ, मुटु रोगीका लागि कोरोना भाइरसको संक्रमणको जोखिम पनि धेरै भएको हुँदा दसैँको समयमा खानपानमा लापरवाही गरे प्रतिरक्षा प्रणाली कमजोर हुन सक्छ । दसैँको समयमा धेरै खाइने रातो मासुका परिकारले मुटुरोगीलाई सिधै असर गर्छ । लगातार ४ देखि ५ दिनसम्म खाइने मासु, अत्याधिक बोसो मुटुका रोगीलाई हानिकारक हुन सक्छ ।

रातो मासु, छाला वा मासुमा हुने बोसोले नसर्ने खालका रोग बढाइरहका हुन्छ । मुटुका रोगीले मात्र नभइ भविष्यमा हुने स्वास्थ्यको समस्याबाट जोगिन रातो मासु कम खाने, रक्सी, चुरोट तथा सूर्तीजन्य पदार्थको सेवन नगर्ने, चिल्लो, पिरो तथा मसलायुक्त खानेकुराको मात्रा कम गर्नुका साथै, खानामा नुनको मात्रालाई पनि कम गर्नुपर्छ ।

प्रशस्त मात्रामा हरियो सागसब्जी तथा फलफूल खानु स्वास्थ्यका लागि सबैभन्दा उत्तम हुन्छ ।

सागसब्जी, फाइबरयुक्त तरकारी तथा फलफूलले शरीरभित्र भएका नचाहिने चिल्लो पदार्थलाई शरीरबाहिर निकाल्ने काम गर्छ ।

सागसब्जी र फलफूल बढी सेवन गरी नियमित ब्यायाम गर्ने, तौललाई नियन्त्रणमा राख्ने, पानी धेरै पिउने, तनाव कम गर्ने, गरेमा मुटु रोगबाट सजिलै बच्न सकिन्छ ।

मुटु रोगको उपचार कठिन र धेरै महँगो हुने हुँदा दसैँ तथा अन्य चाडपर्वमा खानपानमा सतर्कता अपनाउनु नै आवश्यक देखिन्छ ।

मोटोपना, उच्च रक्तचाप, कोलेस्टेरोल, मधुमेह आदिको कारणले मुटु रोगहुने सम्भावनालाई बढाउँछ ।

त्यसैले मोटोपनको समस्या भएका, रगतमा कोलेस्ट्रोल बढी भएका, उच्च रक्तचाप, मधुमेह, युरिक एसिड, बाथ रोग भएका व्यक्तिले खानपानमा एकदम ध्यान दिनुपर्छ ।

jackson ribon