birat ribon

बैंकहरूको सुझाव : डिजिटल बैंकिङ कारोबारलाई प्राथमिकता दिनुस्

Neuro
बैंकहरूको सुझाव : डिजिटल बैंकिङ कारोबारलाई प्राथमिकता दिनुस्

काठमाडाैं, ७ कात्तिक । कोरोना भाइरस संक्रमण बढेसँगै बैंक तथा वित्तीय संस्थाहरूले डिजिटल कारोबारलाई प्राथमिकता दिएका छन् ।

Padelux insider
cura insider

त्यसै पनि केही वर्षयता नेपालको बैंकिङ क्षेत्र डिजिटलमैत्री बन्दै गएको छ । विभिन्न वित्तीय प्रविधिहरूको प्रयोग गरी डिजिटल कारोबारलाई प्रोत्साहन गरेका बैंकहरूले यस्तो कारोबार सुरक्षाका दृष्टिकोणले अन्तर्राष्ट्रियस्तरको भएको दावी गरेका छन् ।

डेबिट कार्ड, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, पस मेसिन, क्युआर कोडलगायतबाट डिजिटल कारोबार गर्न बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकहरूलाई प्रोत्साहन गर्दैआएका छन् ।

कोरोना९ संक्रमणको जोखिम बढ्दै जाँदा डिजिटल कारोबारलाई थप बढाउँदै जाने रणनीतिमा बैंक तथा वित्तीय संस्थाहरू देखिन्छन् ।

डिजिटल कारोबारमार्फत एक बैंकबाट अर्को बैंकको खातामा पैसा पठाउने, आफूलाई आवश्यक वस्तुहरूको किनमेल गर्ने, टेलिफोन, विद्युत, खानेपानीलगायतको बिल भुक्तानी गर्ने, मोबाइल, टेलिफोन रिचार्ज गर्नेलगायतको काम गर्न सकिन्छ ।

त्यसैले पनि यसतर्फ मानिसहरूको आकर्षण बढ्दै गएको छ । बैंकहरूले डिजिटल कारोबार बढ्दै जाँदा यसलाई भरपर्दो, सुरक्षित र विश्वसनीय बनाउन अपनाउनुपर्ने उपायहरू अवलम्बन गरिएको बताउँदै आएका छन् ।

ग्लोबल आईएमई बैंकका डिजिटल बैंकिङ विभाग प्रमुख परमेश्वर श्रेष्ठले डिजिटल कारोबारलाई सुरक्षित, सहज र व्यवस्थित बनाउन बैंकहरूले ठूलो लगानी गरिरहेको बताए ।

त्यसबाहेक ग्राहकले पनि आफ्नो बैंक खाता नम्बर, पासवर्ड कसैलाई पनि नदिए डिजिटल बैंकिङ सुरक्षित हुने उनले बताए ।

नियामक निकाय नेपाल राष्ट्र बैंकले विभिन्न समयमा दिँदै आएका निर्देशिका बमोजिम बैंकहरूले सुरक्षाका प्रावधानहरूलाई अध्यावधिक गर्दै गएको पनि देखिन्छ ।

त्यसैले पनि पछिल्लो समय नेपालको बैंकिङ सेवा अन्तर्राष्ट्रियस्तरको बन्दै गएको छ । सनराइज बैंकका डिजिटल विभाग प्रमुख प्रकाश पौडेलले पनि बैंकहरूले डिजिटल कारोबारमा दिँदै आएका सबै सुविधाहरू सुरक्षाको दृष्टिकोणले अन्तर्राष्ट्रियस्तरको भएको बताए ।

यसबाहेक डिजिटल बैंकिङ कारोबारलाई सुरक्षित बनाउने जिम्मेवारी ग्राहकको पनि हो । आफूले लिएका कुनैपनि बैंकिङ सुविधाको युजरनेम, पासवर्ड कुनैपनि माध्यमबाट कुनैपनि व्यक्तिलाई नदिन बैंकर्सहरूको सुझाव छ ।

ह्याकरहरूले विभिन्न माध्यमबाट विभिन्न प्रलोभन देखाई ग्राहकहरूसँग बैंकले पठाएको कोड माग्ने गरेकोले त्यसतर्फ सचेत रहन पनि बैंकर्सहरूले आग्रह गरेका छन् ।

त्यसैले आधुनिक जमनाको बैंकिङ सुविधा उपभोग गर्दैगर्दा त्यसको सुरक्षाका लागि बैंक मात्रै नभएर व्यक्ति आफैं पनि सचेत हनुपर्ने देखिन्छ । 

jackson ribon