birat ribon

प्रधानमन्त्री र गोयलबीचको भेटमाथि अनुसन्धान हुनुपर्छ : गगन थापा

Neuro
प्रधानमन्त्री र गोयलबीचको भेटमाथि अनुसन्धान हुनुपर्छ : गगन थापा

काठमाडौं, ७ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको भेटलाई शिष्टाचार भन्नु हास्यास्पद भएको बताएका छन् ।

Padelux insider
cura insider

शुक्रबार विज्ञप्ति जारी गर्दै थापाले प्रधानमन्त्री र विदेशी गुप्तचरबीचको भेटलाई शिष्टाचार भेट भन्नु अकूटनीतिक र हास्यास्पद भएको टिप्पणी गरेका हुन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लडाइँको समयमा बाहेक विदेशी गुप्तचर प्रमुखसँगको प्रधानमन्त्रीको वा राजनीतिक नेतृत्वको भेटलाई जायज वा सामान्य मान्न सकिन्न । परराष्ट्र मन्त्रालय र नेपालको सुरक्षा निकायको अनुपस्थितिमा प्रधानमन्त्रीले विदेशी गुप्तचर प्रमुखलाई भेट्नु कुटनीतिक मर्यादा मात्र नभएर राष्ट्रिय सुरक्षाको विषय हो ।’

यस्तै थापाले प्रधानमन्त्रीको यस्तो गैर–राजनीतिक र विशुद्ध गुप्तचरसँग भएको शिष्टाचर भेटमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् । यस प्रकरणले प्रधानमन्त्रीबाट नै नेपालको राष्ट्रिय सुरक्षा थ्रेट देखाएको उनको बुझाइ छ ।

नेपाल–भारतबीचको सम्बन्ध जटिल अवस्थामा रहेकाले यसको समाधानका लागि उच्चस्तरीय राजनीतिक तहमा छलफल हुनुपर्नेमा विषयमा नेपाल सरकार स्पष्ट हुनु पर्ने थापाले बताएका छन् ।

jackson ribon