birat ribon

कर्णालीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव बहुमतबाट अस्वीकृत

Neuro
कर्णालीका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव बहुमतबाट अस्वीकृत

सुर्खेत, ७ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टी संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ । शुक्रबार बसेको कर्णाली प्रदेश संसदीय दलको बैठकले शाहीविरुद्धको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको हो ।

Padelux insider
cura insider

मुख्यमन्त्री पक्षका बहुमत सांसदहरूको बैठकले यो निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले जानकारी दिए । बैठकमा १८ जना मात्रै प्रदेश सभा सदस्य उपस्थित थिए । बैठकमा केपी ओली पक्षका सदस्यहरु अनुपस्थित रहेको थिए ।

प्रस्ताव दर्ताका लागि हस्ताक्षर गरेका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले साथ दिएपछि मुख्यमन्त्रीको पक्षमा बहुमत जुटेको हो । अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत भएको प्रदेश सभा सदस्य बिन्दमान विष्टले बताए ।

केही समयअघि सत्तापक्षकै सांसदहरूले शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । सत्तापक्षकै १८ जना सांसदले नेकपा कर्णाली प्रदेशका प्रमुख सचेतक गुलावगंज शाहलाई अविश्वास प्रस्ताव बुझाएका थिए ।

प्रदेश सरकारको कार्यशैली प्रति असन्तुष्टि राख्दै आएका सत्तापक्षकै सांसदहरुले लामो समयदेखि मुख्यमन्त्री परिवर्तनको विषय उठाउँदै आएका थिए ।

jackson ribon