काठमाडौं, ७ कात्तिक । काठमाडौं मेडिकल कलेजले दसैं विदामा पनि पीसीआर परीक्षण गर्ने भएको छ ।
दसैंका कारण धेरैजसो पीसीआर ल्याबहरू शुक्रबारबाट बन्द भएको भएपनि केएमसीले भने विदामा पनि कोरोना परीक्षण जारी राख्ने भएकाे हो।
काठमाडौं मेडिकल कलेजका अध्यक्ष डा.सुनिल शर्माले कोरोनाको महामारीका बेला पीसीआर परीक्षण रोकिँदा सर्वसाधरणलाई समस्या हुने भएकाले दसैं विदामा पनि २४सै घण्टा पीसीआर ल्याब खुल्ला गर्ने व्यवस्था मिलाइएको बताए ।
उनले भने, ‘अहिले जटिल अवस्था भएकाले दसैं विदामा पनि पीसीआर परीक्षण नियमित गर्ने व्यवस्था मिलाएका छौं । । २४ सै घण्टा हाम्रो ल्याब खुल्ला हुन्छ । अहिले पनि धमाधम पीसीआर परीक्षण भइरहेको छ ।’
केएमसीको सिनामंगल र दुवाकोटका दुबै अस्पतालबाट स्वाब संकलन गरेर १ हजार ९ सय ९९ मा पीसीआर परीक्षण गरिँदै आएको छ ।
१४ असारबाट पीसीआर परीक्षण थालेको केएमसीले हालसम्म ३२ हजारभन्दा बढी स्वाब परीक्षण गरिसकेको छ