birat ribon

अनौंठौ रैथाने उपचार विधि : जहाँ काटेको राँगाको पेटमा बच्चा हालिन्छ

Neuro
अनौंठौ रैथाने उपचार विधि : जहाँ काटेको राँगाको पेटमा बच्चा हालिन्छ

रुकुमपूर्व, ७ कात्तिक । नेपालका प्रायः धेरै क्षेत्रमा उपचारका घरेलु विधीहरूका आ–आफ्नै तरिकाका हुन्छन् । यस्तै एउटा उपचार विधि जसलाई रुकुमपूर्वमा पनि स्थानीयले वर्षौँदेखि विश्वासका साथ प्रयोग गर्दै आइरहेका छन् ।

Padelux insider
cura insider

रुकुमपूर्वमा सुकेनास, रुन्चे जस्ता रोग लागेर प्रायः अस्वस्थ भइरहने बच्चालाई दसैंका बेला काटेको राँगाको पेटभित्र छिराइ हल्लाएर निकालेपछि निको हुन्छ भन्ने जनविश्वास रहेको छ ।

दसैंमा राँगा काटेपछि पेटबाट अलिकति लादी निकालेर केही समयका लागि बच्चालाई पेटभित्र छिराएर हल्लाउने गरिन्छ ।

यसरी बच्चालाई राँगाको पेटभित्र छिराएर निकालेपछि रोग निको हुने विश्वास स्थानीयहरूको छ । अरुबेला नभएर दसैंमा काटेको राँगाको पेटभित्र ६ देखि १८ महिनासम्मको बच्चालाई हालेर निकालिने गरिन्छ ।

पहिला अस्वस्थ बच्चालाई मात्र उपचार गर्न काटेको राँगाको पेटभित्र हाल्ने गरिन्थ्यो तर हिजोआज स्वस्थ बच्चा अझ निरोगी र बलियो हुन्छ भन्ने विश्वासले एकपटक राँगाको पेटभित्र हाल्नैपर्ने भन्ने उनीहरूको विश्वास बढेको छ ।

बच्चालाई राँगाको पेटबाट निकालेर नजिकैको पानीको मूलमा लगेर नुहाइन्छ । यसलाई उनीहरू बच्चा चोख्याएको भन्छन् । यसो गर्दा रोग, काल, कष्ट सबै बगेर जाने उनीहरूको विश्वास छ ।

वर्षौँदेखि चलिआएको यो चलनको वैज्ञानिक कारण कसैलाई थाहा छैन । यो रुढीबादी परम्परा भएपनि निरन्तरता दिएको स्थानीय शिक्षक राजधन घर्तीमगर बताउँछन् ।

jackson ribon