birat ribon

प्रधानमन्त्री ओलीको दसैं शुभकामनामा पुरानै नक्सा, त्रुटि कि नियत ?

Neuro
प्रधानमन्त्री ओलीको दसैं शुभकामनामा पुरानै नक्सा, त्रुटि कि नियत ?

काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरूको महान् चाड बडादसैंको अवसरमा जारी गरेको शुभकामना सन्देशमा नेपालको पुरानै नक्सा देखिएको छ ।

Padelux insider
cura insider

शुक्रबार ओलीले जारी गरेको शुभकामनामा लिपुलेक, लिम्पियाधुरा र कालापानी छुटेको पुरानो नक्सा छ ।

नेपालको भू–भाग छुटेको भन्दै सरकारको प्रस्तावमा केही समयअघि मात्रै संसदले नयाँ नक्सा पारित गरेको थियो ।

तर, भारतीय गुप्तचर संस्था रअका प्रमुखसँग भेट भएको पर्सिपल्ट नै प्रधानमन्त्रीको शुभकामना सन्देशमा पुरानै नक्सा प्रयोग हुनुलाई अनेक कोणबाट विश्लेषण गर्न थालिएको छ ।

यस्तैमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रका शर्माले यसलाई सामान्य त्रुटि मान्ने नसकिने बताएका छन् ।

यसमा गम्भीर विमति दर्ज गर्न माग गर्दै उनले प्रश्न गरेका छन्, ‘देशको संसदले पारित गरेको नक्सा अब नक्सामै असुरक्षित भएपछि जग्गा फिर्ता गर्ने अभियान जारी कि यहाँको नेतृत्वमा बिसर्जन ?’

jackson ribon