birat ribon

सेनाको शव व्यवस्थापन टोलीको क्वारेन्टाइन विराटनगरमा

Neuro
सेनाको शव व्यवस्थापन टोलीको क्वारेन्टाइन विराटनगरमा

विराटनगर, ७ कात्तिक । नेपाली सेनाको शव व्यवस्थापन टोली विराटनगरकाे क्वारेन्टाइनमा बस्न थालेको छ ।

Padelux insider
cura insider

मिक्लाजुङ गाउँपालिकाको टाडीमा बस्दै आएको शव व्यवस्थापन टोली बिहीबारबाट विराटनगरको अतिथि सदन क्वारेन्टाइनमा बस्न थालेको हो ।

शव व्यवस्थापन टोली टाडीमा हुँदा विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु भएका संक्रमितको शव व्यवस्थापनमा ढिलासुस्ती हुँदै आएको थियो । विराटनगरमा नै शव व्यवस्थापन टोली बस्न थालेपछि शव व्यवस्थापन गर्न सहज भएको छ ।

नेपाली सेनाको थलाहा गणका गणपति महेश बाटाका अनुसार सेनाको शव व्यवस्थापन टोली विराटनगरमा बस्न थालेपछि संक्रमितको शव व्यवस्थापन गर्न सहज भएको बताए ।

क्वारेन्टान टाढा हुँदा शव व्यवस्थापनमा समय बढी लाग्न थालेपछि जिल्ला सुरक्षा समितिले यस अघि विराटनगरमा क्वारेन्टाइनको व्यवस्थापन गर्न प्रदेश सरकारलाइ आग्रह गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

‘टाढीमा रहँदा शव व्यवस्थापन गर्न धेरै समय लाग्थ्यो ।’ उनले भने ‘ विराटनगरमा आएपछि सहज हुन्छ ।’

jackson ribon