birat ribon

नोबेलमा धरान र बेलबारीका संक्रमितको मृत्यु

Neuro
नोबेलमा धरान र बेलबारीका संक्रमितको मृत्यु

विराटनगर, ७ कात्तिक । कोरोना संक्रमणका कारण विराटनगरको नोबेल मेडिकल कलेजमा दुईजनाको मृत्यु भएको छ । शुक्रबार बिहान सुनसरीको धरान र मोरङको बेलबारीका संक्रमितको मृत्यु भएको हो ।

Padelux insider
cura insider

नोबेल मेडिकल कलेज विराटनगरका प्रबन्धक नारायण दाहालका अनुसार शुक्रबार बिहान ३ बजे बेलबारी नगरपालिका– ११ का ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकमा फोक्सो र मृगौला सम्बन्धी समस्या थियो ।

५ कात्तिक विहान भर्ना भएका संक्रमितमा सोही दिन बेलुका कोरोना पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको हो ।

शुक्रबार बिहान करिब ४ बजे धरान उपमहानगरपालिका– ८ की ५९ वर्षीय कोरोना संक्रमित महिलाको मृत्यु भएको दाहालले जानकारी दिए ।

मृतक महिला २९ असोजमा नोबेल मेडिकल कलेजमा भर्ना भएकी थिइन् । सोही दिन उनलाई कोरोना पोजेटिभ देखिएको थियो । श्वासप्रश्वास र मधुमेह रोगबाट ग्रसित महिलाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको दाहालले जानकारी दिए ।

jackson ribon