विराटनगर, ७ कात्तिक । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक ईश्वरबाबु कार्कीले मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रको अनुगमन गरेका छन् ।
बिहीबार मोरङ र सुनसरी जिल्लाको सिमावर्ती क्षेत्रको अनुगमन गरेका हुन ।
सीमा क्षेत्रमा रहेको प्रहरी युनिट र सिमा क्षेत्रको आकस्मिक रुपमा स्थलगत अनुगमन तथा निरीक्षण गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले बताएको छ ।
निरिक्षणका क्रममा सीमावर्ती क्षेत्रबाट हुने तस्करी, चोरी निकासी,लागुऔषध ओसारपसार लगायत सिमावर्ती अपराध हुन गर्न नदिन कडाईका सुरक्षा योजना लागु गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।