birat ribon

बडादसैंको सातौं दिन, आज घरघरमा फूलपाती भित्राइँदै

Neuro
बडादसैंको सातौं दिन, आज घरघरमा फूलपाती भित्राइँदै

विराटगनर, ७ कात्तिक । आज (शुक्रबार) बडादसैंको सातौं दिन अर्थात सप्तमी तिथी मुलुकभर परम्पराअनुसार घरघरमा फूलपाती भित्राइँदैछ ।

Padelux insider
cura insider

प्रदेश १ का विभिन्न मठ मन्दिर एवं धार्मिक स्थल र शक्तिपीठहरुमा पनि विशेष पूजाआजा गरेर फूलपाती भित्राइँदैछ । आजबाट दसैंको विशेष चहलपहल सुरु हुने गर्छ ।

दुर्गाभवानीको प्रतिमा राखिएको राजधानीको हनुमानढोकास्थित दसैं घरमा पनि आज फूलपातीको शुभसाइत पारेर उखु , अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अन्य नयाँ पालुवा विधिपूर्वक भित्राउने चलन छ । सो फूलपाती धादिङको जीवनपुरबाट पुजारीसहित मगरजातिका छ जनाले काठमाडौंको जमल पु¥याउने र त्यहाँबाट ब्राम्हण जातिका छ जनाले दशैंघर लैजाने परम्परा छ ।

हर्षबढाइँका साथ फूलपाती भित्राउन गुरु ज्यूको पल्टन, नेपाली सेना, नेपाल प्रहरी र उच्चपदस्थ कर्मचारीसहितको टोली जमलबाट हनुमानढोका जाने गर्दछ । त्यस्तै हेटौंडाको वनस्खण्डी देवी मन्दिरमा पनि विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि विशेष पूजाआजका साथ फूलपाती भित्राइँदैछ ।

गोरक्षधामबाट कलशयात्रा सहित ल्याइने फूलपाती भित्राइने टोलीमा नेपाली सेनाको न्याउली बाजा र नेपाल प्रहरीको ब्याण्डबाजाका साथमा अन्य विभिन्न संघसंस्थाले पनि सहभागिता जनाउनेछन् ।

घटस्थापनाका दिनदेखि नै दसैँ सुरु हुने भए पनि दसैंको विशेष चहलपहल भने आजबाट मात्रै सुरु हुने गर्दछ । फूलपातीदेखि सरकारी कार्यालय बन्द हुने भएकाले अध्ययन, व्यवसायलगायत विभिन्न कारणले आफ्नो मूलघरबाट टाढा रहेका व्यक्ति सपरिवार बसेर दुर्गाभवानीको टीका थाप्न आ–आफ्ना घर फर्किने क्रम आजदेखि तीव्र हुँदैछ ।

प्रदेश १ सरकारले मोरङको रंगेलीमा रहेको संसारी माई मन्दिरमा विशेष पूजा र हर्कबडाइँका साथ दसैंमा वर्षेनी फूलपाती भित्राउने कार्यक्रम तय गरेको थियो । तर यस वर्ष कोरोनाका कारण सर्वसाधारणको विशेष उपस्थितिमा कार्यक्रम सम्भव भएन ।

यस वर्ष कोरोना महामारीका कारण दसैं विगत जस्तो हर्षोल्लासपूर्वक मनाउन सक्ने अवस्था छैन । सरकारले बसेकै ठाउँमा सुरक्षित ढंगले स्वास्थ्य मापदण्डको पालना गर्दै सावधानीका साथ दसैं मनाउन सबैमा आग्रह गरेको छ । कोरोनाको संक्रमणबाट जोगिन सुरक्षित साथ दसैं मनाउन सबैमा सरकारले आग्रह गरेको हो ।

jackson ribon