birat ribon

राजस्थानमाथि हैदराबादको सहज जित

Neuro
राजस्थानमाथि हैदराबादको सहज जित

विराटनगर, ७ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले चौथो जित निकालेको छ ।

Padelux insider
cura insider

बिहीबार राति भएको खेलमा हैदराबादले राजस्थान रोयल्समाथि ८ विकेटको सहज जित निकालेको हो ।

दुबई रंगशालामा राजस्थानले जितका लागि दिएको १५५ रनको लक्ष्य पछ्याएको हैदराबादले १८.१ ओभरमा मात्र दुई विकेट गुमाउँदै पूरा गर्‍यो ।

हैदराबादका मनिष पाण्डे र विजय शंकरले उत्कृष्ट प्रदर्शन गरे । मनिषले ८३ रनको र विजयले ५२ रनको अर्धशतकीय इनिङ्स खेले ।

जोनी बैरस्टोले १० रन बनाउँदा कप्तान डेभिड वार्नर ४ रनमै आउट भए ।

राजस्थानका जोफ्रा अर्चरले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभर खेल्दा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो ।

राजस्थानका लागि सञ्जु साम्सोनले सर्वाधिक ३६ रन बनाए भने बेन स्टकले ३० रन जोडे । रियान परागले २० रन जोड्दा कप्तान स्टिभ स्मिथ र रोबिन उथप्पाले समान १९–१९ रन बनाए ।

हैदराबादका जासोन होल्डरले ३ विकेट लिँदा विजय शंकर र रशिद खानले एक–एक विकेट लिए ।

जितसँगै हैदराबादले १० खेलबाट ८ अंक जोडेको छ । ऊ अंक तालिकाको पाँचौं स्थानमा छ ।

पराजित राजस्थान भने ११ खेलबाट ८ अंकसहित सातौं स्थानमा छ ।

jackson ribon