विराटनगर, ७ कात्तिक । युरोपको दोस्रो ठूलो फुटबल प्रतियोगिता युरोपा लिगमा इंग्लिस क्लब टोटनह्यामले सहज जित निकालेको छ ।
बिहीबार राति समूह चरणको पहिलो खेल खेलेको टोटनह्यामले अष्ट्रियन क्लब एलएएसकेमाथि ३–० गोलको सहज जित निकालेको हो ।
टोटनह्यामको मैदानमा घरेलु टोलीलाई जिताउन लुका मौरा र सन हिउङ–मीनले समान १–१ गोल गरे भने एउटा आत्मघाती गोल उपहारमा पाएको थियो ।
खेलको १८औं मिनेटमा मौराले गोल गर्दै टोटनह्यामलाई सुरुआती अग्रता दिलाएका थिए । २७औं मिनेटमा एलएएसकेका आन्द्रेस आन्द्राडेले आफ्नै पोस्टमा गोल गरेपछि आर्सनलले आफ्नो अग्रता दोब्बर बनायो ।
८४औं मिनेटमा सनले गोल गर्दै टोटनह्यामलाई सहज जित दिलाए ।
जितसँगै टोटनह्यामले युराेपा लिगमा सुखद सुरुवात गरेकाे छ । यस्तै समूह ‘जे’को उसले ३ अंक जोडेको छ ।