विराटनगर, ७ कात्तिक । युरोपको दोस्रो ठूलो फुटबल प्रतियोगिता युरोपा लिगमा इंग्लिस क्लब आर्सनलले सुखद सुरुआत गरेको छ ।
बिहीबार राति समूह चरणको पहिलो खेल खेलेको आर्सनलले अष्ट्रियन क्लब रापिड वेएममाथि २–१ गोलको जित निकाल्दै युरोपा लिगमा सुखद सुरुआत गरेको हो ।
वेएमको मैदानमा भएको खेलमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५१औं मिनेटमा ट्याक्सिअर्चिस फन्टसले गोल गर्दै वेएनलाई सुरुआती अग्रता दिलाएका थिए ।
७०औं मिनेटमा डेभिड लुइजले गोल गर्दै आर्सनललाई खेलमा फर्काए । त्यसको ४ मिनेट नबित्दै पेइरे इमरिक औबामेयाङले गोल गरेपछि आर्सनलले २–१ गोलको जित निकाल्यो ।
जितसँगै समूह ‘बी’को आर्सनलले ३ अंक बटुलेको छ ।