birat ribon

विश्वमा चार करोड २० लाख हाराहारी संक्रमित

Neuro
विश्वमा चार करोड २० लाख हाराहारी संक्रमित

विराटनगर, ७ कात्तिक । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या चार करोड २० लाख हाराहारी पुगेको छ ।

Padelux insider
cura insider

दैनिक रुपमा चार लाख बढी नयाँ बिरामी थपिँदै जाँदा संक्रमितको संख्या चार करोड २० लाख नजिक पुगेको हो । पछिल्लो २४ घण्टामा चार लाख ५५ हजार दुई सय ६७ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या चार करोड १९ लाख ४२ हजार सात सय २२ पुगेको छ । विश्वमा दिनप्रतिदिन संक्रमण तीव्र रुपमा फैलिइरहेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ११ लाख ४१ हजार छ सय १५ जनाको मृत्यु भइसकेको वाल्डो मिटरले जनाएको छ । एकै दिन पाँच हजार नौ सय १८ जनाले ज्यान गुमाए ।

विश्वमा संक्रमण पुुष्टि भएकामध्ये तीन करोड ११ लाख ५७ हजार चार सय ३४ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु डिस्चार्ज हुँदै घर फर्किएका छन् । ९६ लाख ४३ हजार छ सय ७३ जनाको उपचार भइरहेको छ । उपचार गराइरहेकामध्ये ७४ हजार आठ सय ४५ जनाको अवस्था चिन्ताजनक छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा हालसम्म संक्रमित संख्या ८६ लाख ५४ हजार दुई सय ३२ पुगेको छ । एकै दिन ६८ हजार आठ सय ८२ जना नयाँ बिरामी थपिएका छन् ।

आफूलाई विश्कै शक्तिसाली भनेर दाबी गर्ने अमेरिकामा कोरोनाका कारण हालसम्म दुई लाख २८ हजार दुई सय ८५ जनाले ज्यान गुमाइसकेका छन् । विश्वमा कोरोनाले ज्यान गुमाउने पनि अमेरिकामै धेरै छन् । पछिल्लो २४ घण्टामा आठ सय ७७ जनाको मृत्यु भयो ।

अमेरिकामा संक्रमितमध्ये ५६ लाख ४७ हजार दुई सय ५४ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोना मुक्त बनेका हुन् । २७ लाख ७८ हजार छ सय ९३ जनाको उपचार भइरहेको छ । ति मध्ये १५ हजार सात सय ४० जनाको अवस्था गम्भीर छ ।

नेपालसँग खुला सीमाना रहेको छिमेकी मुलुक भारतमा हालसम्म कोरोना संक्रमितको संख्या ७७ लाख ५९ हजार छ सय ४० पुगेको छ । पछिल्लो २४ घण्टामा ५४ हजार चार सय ८२ जना नयाँ संक्रमित थपिए । कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वमै दोस्रो नम्बरमा रहेको भारतमा केही दिनयता दैनिक थपिने संक्रमितको संख्या कमी हुँदै गइरहेको छ ।

हालसम्म एक लाख १७ हजार तीन सय ३६ जना संक्रमितको मृत्यु भइसकेको छ । एकै दिन छ सय ८३ जनाले ज्यान गुमाए । भारतमा केही दिनयता दैनिक ज्यान गुमाउने संक्रमितको संख्या पनि कम हुँदै गइरहेको छ ।

संक्रमितमध्ये ७९ लाख ४६ हजार तीन सय २५ जना उपचारपछि डिस्चार्ज भएका छन् । भारतमा निको हुने संक्रमितको संख्या पनि बढेर गएको छ । छ लाख ९५ हजार नौ सय ७९ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

विश्वमै कोरोनाबाट प्रभावितमध्ये तेस्रो नम्बरमा रहेको ब्राजिलमा संक्रमित संख्या हालसम्म ५३ लाख ३२ हजार छ सय ३४ जनामा संक्रमण पुष्टि भइसकेको छ । एकै दिन ३१ हजार नौ सय ८५ नयाँ बिरामी थपिए । दैनिक थपिने संक्रमित र ज्यान गुमाउनेको संख्या ब्राजिलमा पनि कम हुँदै गइरहेको छ ।

हालसम्म कोरोनाका कारण एक लाख ५५ हजार नौ सय ६२ जनाको मृत्यु भइसकेको छ । संक्रमित गुमाउनेमा भने ब्राजिल विश्वकै दोस्रो नम्बरमा पर्छ । पछिल्लो २४ घण्टामा पाँच सय तीन जनाको मृत्यु भएको वाल्डो मिटरले जनाएको छ ।

संक्रमितमध्ये ४७ लाख ८५ हजार दुई सय ९७ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु निको भएर घर फर्किएका छन् । ब्राजिलमा निको हुने संक्रमितको संख्या दैनिक बढिरहेको छ । हालसम्म तीन लाख ९१ हजार तीन सय ७५ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

jackson ribon