birat ribon

आईपीएल : हैदराबादलाई राजस्थानको १५५ रनको लक्ष्य

Neuro
आईपीएल : हैदराबादलाई राजस्थानको १५५ रनको लक्ष्य

विराटनगर, ६ कात्तिक । यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई जितका लागि १५५ रनको लक्ष्य दिएको छ ।

Padelux insider
cura insider

बिहीबार दुबई रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभर खेल्दा ६ विकेट गुमाएर १५४ रन बनाएको हो ।

राजस्थानका लागि सञ्जु साम्सोनले सर्वाधिक ३६ रन बनाए भने बेन स्टकले ३० रन जोडे । रियान परागले २० रन जोड्दा कप्तान स्टिभ स्मिथ र रोबिन उथप्पाले समान १९–१९ रन बनाए ।

हैदराबादका जासोन होल्डरले ३ विकेट लिँदा विजय शंकर र रशिद खानले एक–एक विकेट लिए ।

jackson ribon