birat ribon

साझा पार्टीले सोध्यो : प्रधानमन्त्री ओली र ‘रअ’का प्रमुख गोयल समकक्षी हुन् ?

Neuro
साझा पार्टीले सोध्यो : प्रधानमन्त्री ओली र ‘रअ’का प्रमुख गोयल समकक्षी हुन् ?

विराटनगर, ६ कात्तिक । भारतको खुफिया एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुखसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटेपछि धेरैले आपत्ति जनाइरहेका छन् ।

Padelux insider
cura insider

बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको प्रधानमन्त्री ओली र गोयलबीचको शिष्टाचार भेटका विषयमा धेरैले आपत्ति जनाइरहेका हुन् ।

यस्तैमा साझा पार्टीले सो भेटबारे स्पष्ट पार्न सरकारसमक्ष माग गरेको छ । पार्टीले बिहीबार विज्ञप्ति निकालेर नेपालका प्रधानमन्त्री र रअका प्रमुख समकक्षी हुन् ? भनी प्रश्नसमेत गरेको छ ।

रअका प्रमुख गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा नेपाल भ्रमणमा आए–नआएको स्पष्ट पार्न साझा पार्टीले माग गरेको छ ।

यदि विशेष दूतका रूपमा उनी आएका होइनन् र प्रधानमन्त्री ओलीलाई भेटेका हुन् भने भारतले आफ्नो गुप्तचर निकाय प्रमुखलाई नेपाल पठाएर प्रधानमन्त्रीसँग भेटाउँदा प्रधानमन्त्री खुफिया एजेन्सीको प्रमुखको तहमा झरेको संकेत हुने विज्ञप्तिमा उल्लेख छ ।

यदि उक्त भेट शिष्टाचार भेट हो भने प्रधानमन्त्री कार्यालयले स्पष्ट पार्नुपर्ने माग साझा पार्टीले गरेको छ । यस्ता गतिविधिले देशको शिष्टाचार र कूटनीतिक क्षेत्रमा ठूलो आँच पुग्ने ठहर विज्ञप्तिमा उल्लेख गरिएको छ ।

jackson ribon