birat ribon

नौ महिनादेखि अस्पतालका कर्मचारीले तलब पाएनन्

Neuro
नौ महिनादेखि अस्पतालका कर्मचारीले तलब पाएनन्

इटहरी, ६ कात्तिक । सुनसरीको इटहरीस्थित कोशी पाथीभरा हस्पिटल एण्ड डाइग्नोष्टिक प्रालिका कर्मचारीले नाैं महिना यताकाे तलब नपाएकाे गुनासाे गरेका छ्न् । अस्पतालमा कार्यरत चार जना कर्मचारीले दशैंकाे मुखमा पनि तलब नपाएकाे गुनासाे गरेका हुन ।

Padelux insider
cura insider

अस्पतालले ९ महिनाको तलब नदिएपछि समस्या भएकाे उनीहरूले बताए । अस्पतालमा कार्यरत फार्मेसी शिवहरि चौधरी, ल्याव असिस्टेन्ट निशा राई, रोशनी परियार र सहयोगी कृष्णकुमारी भण्डारीसहितले नौ महिनादेखि तलब नपाएको गुनासो गरेका हुन् ।

श्रम गरेर पारिश्रमिक नपाएका कारण दसैं खल्लो भएको गुनासो गर्दै पहलका लागि प्रहरी, प्रशासन र श्रम कार्यालयसम्म उजुरी गरेको उनीहरूले बताए ।

इटहरी उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय इटहरी र श्रम कार्यालय विराटनगरमा उजुरी गर्दासमेत कार्यान्वयन नभएको र दसैंपछि मात्रै सुनवाइ हुने प्रतिक्रिया दिएकाे ल्याब असिस्टेन्ट रोशनी परियारले बताइन ।

अस्पतालमा सञ्चालकसहित तीन डाक्टर र चारजना कर्मचारी गरी सातजना कर्मचारी कार्यरत रहेकोमा चार जनाको तलब नदिएको पीडितहरूले बताएका छन् । यस विषयमा बुझ्न सञ्चालक शर्मालाई सम्पर्क गर्न खोज्दा फोन उठाएनन् ।

jackson ribon