विराटनगर, ६ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई कोरोना संक्रमण भएको छ । बिहीबार उनले आफूलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिए ।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आजको पीसीआर रिपोर्ट पोजेटिभ देखिएकोले बिगत केही दिनबाट मेरो सम्पर्कमा आउनु भएका सबैमा सचेत रहन आग्रह गर्दछु ।’
आज नै राष्ट्रिय खेलकुद परिषद (राखेप) का पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।